लक्ष्मी क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाई आजबाट खरिद बिक्रि गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 08:38:26 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालनमा ल्याएको खुलामुखी योजना शुभ लक्ष्मी कोषको आज मङ्सिर ७ गतेदेखि खरिद बिक्रि गर्न सकिने भएको छ । लक्ष्मी क्यापिटल मार्फत योजनाका इकाईहरु खरिद बिक्रि गर्न सकिने भएको हो । शेयर बजार खुला रहने दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरिद बिक्रि गर्न सकिने क्यापिटलले जनाएको छ । 

क्यापिटलले साउन १९ गतेदेखि भदौ २ गतेसम्म यस खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई बिक्रि गरेको थियो।  यो खुलामुखी योजना भएकोले यसको कुनै निश्चित अवधि हुदैन । साथै यो नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन 

हालसम्म नेपालमा ४ वटा मात्र खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा  छन् । यो बजारमा आएको पाँचौ खुलामुखी म्युचुअल फण्ड योजना हो । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्  । 

नबिल इन्भेष्टमेन्टले पनि खुलामुखी म्युचुअल फण्ड योजना संचालनको लागि नबिल फ्लेक्सी फण्ड नामक योजनाको इकाई निष्काशन गरिरहेको छ  । जुन नेपालको छैठौ खुलामुखी योजना हुने छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved