राधी विद्युत कम्पनीले लिलामीमा ल्याएको शेयरमा आवेदन दिने म्याद थप भएको छ । चुनावको लागि सार्वजनिक विदा परेकोले आवेदन दिने म्याद १ दिन थप गरिएको क्यापिटलले जनाएको छ । यस सँगै अब यस लिलामीको शेयरमा मङ्सिर ८ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले कार्तिक २९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्रिको लागि खुला गरेको हो । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा ल्याएको हो ।
शेयर लिलामको मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी भक्तपुर, कुमारीपाटी-ललितपुर, इटहरी, विराटनगर, इलाम, विर्तामोड, वीरगंज, जनकपुर, नारायणगढ, हेटौडा, पृथ्विचोक-पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगंज, तुल्सीपुर-दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने छ।
आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम १ सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।
कम्पनीले असोज ५ गतेदेखि असोज २५ गतेसम्म हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना शेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता शेयर बाँडफाँड गरिएको थियो । बिक्रि नभएको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा आएको हो ।