
 2mb (1).gif)
नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company को लाभांश सुरक्सहित गर्ने आज मङ्सिर ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
साधारण प्रस्ताव :
१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूवाट पेश हुने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
२. आर्थिक वर्ष २०७७/०७८ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।
४. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,१८,५६,५१२/- नगद लाभांश स्विकृत गर्ने ।
५. संचालक समितिको वैठक भत्ता तथा सुविधा वारे ।
विशेष प्रस्ताव :
१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु. रु.४,०३,५१,५८,१५२/- मा १५ (पन्ध) प्रतिशतको दरले वोनस शेयरको रुपमा लाभांश रु.६०,५२,७३,७२३/प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको
अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने।
. कम्पनी ऐन २०६३ को दफा १०५(१)ग वमोजिम आ.व.२०७७/०७८ मा भएको खर्च अनुमोदन गर्ने ।
३. कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने ।
४. संचालक समितिको वैठक भत्ता र सुविधा अनुमोदन भए अनुसार नियमावलीमा संशोधन गर्ने ।
५. संचालक समितिवाट मनोनित स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने ।