रिडी पावर कम्पनीको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 10:34:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले रिडी पावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर लाभांश घोषणा गरेकोले नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का राखेको हो। कम्पनीले हिजो मंगलबार बिहान ११ बजे संचालक समितिको बैठक राखेर लाभांश प्रस्ताव गरेको थियो भने त्यसको जानकारी बजार बन्द भएपछि नेप्सेलाई गराएको थियो । लाभांश प्रस्ताव गर्दा कारोबार समयमा संचालक समितिको बैठक राख्न नहुने तथा प्रस्ताव गरिएको लाभांश सोहि दिन वा अर्को दिन बजार खुल्नु अगाडी नेप्सेलाई जानकारी गराउनु पर्ने ब्यबस्था छ।  

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१० प्रतिशत नगद लाभांश गरि कुल ४२.१० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

विद्युत नियमन आयोगले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved