
प्रभु क्यापिटलले पनि खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालन गर्ने गरि 'प्रभु सिस्टम्याटिक इन्भेष्टमेन्ट स्किम' नामको खुलामुखी म्युचुअल फण्ड योजना संचालने गर्ने तयारी गरेको हो ।
क्यापिटलले यस योजना संचालनको लागि अनुमति माग गर्दै नेपाल बोर्डमा आवेदन दिएको छ। क्यापिटलले गत कार्तिक ३० मा आवेदन दिएको हो । यो योजनाको आकार ४० करोड बराबरको भएको र यसमा ४ करोड इकाई रहने क्यापिटलले जनाएको छ ।
हालसम्म नेपालमा ५ वटा मात्र खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा छन् । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल र लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन् ।
नबिल इन्भेष्टमेन्टले पनि खुलामुखी म्युचुअल फण्ड योजना संचालनको लागि नबिल फ्लेक्सी फण्ड नामक योजनाको इकाई निष्काशन गरिरहेको छ । जुन नेपालको छैठौ खुलामुखी योजना हुने छ । प्रभु क्यापिटलको खुलामुखी म्युचुअल फण्ड नेपालको सातौ हुनेछ ।