शेयर बजारमा गिरावट: सिभिल बैंकको शेयर मूल्यमा सर्किट, नेपाल बैंकको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 03:23:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ७.७२ अंकले घटेर १९२१.९९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीको २८ लाख ३९ हजार ३ सय ७३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब २ करोड २२ लाख ९३ हजार ५ सय ५२ रुपैयाँ ८३ पैसाको कारोबार भएको छ । जस मध्ये नेपाल बैंकको सर्वाधिक १२ करोड ७७ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ११ करोड ९ लाखको कारोबार भएको छ । त्यस्तै सिभिल बैंकको ६ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम सिमेन्टको ६ करोड ६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये सिभिल बैंकको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । हिमालयन बैंकसँग गाभिने प्रक्रियामा रहेको सिभिल बैंकको कारोबार आज नै खुलेको हो । त्यस्तै आज घलेम्दी हाइड्रोको शेयर मूल्य ९.९८ प्रतिशत बढेको छ भने जानकी फाइनान्सको शेयर मूल्य ५.६० प्रतिशत बढेको छ । त्यस्तै पिपुल्स पावरको शेयर मूल्य ५ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर मूल्य ३.९९ प्रतिशत बढेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य सर्वाधिक ४.७८ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन तथा प्रशोधन र ट्रेडिङ समुहको सूचक बाधेक सबै समुहगत सूचक घटेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved