नेप्सेमा साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 03:54:34 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले यी २ कम्पनीको आधारभूत शेयरधनी बाहेकका अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो।

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तले मर्जरमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।  १००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको थियो । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्। यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्ट पछि मात्र आउने  बताईएको थियो ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। मर्जरपछि बन्ने संचालक समितिमा  दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ । 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved