
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २३ गते विशेष साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको विशेष साधारणसभामा कम्पनीको गतिविधि बारेमा अध्यक्षको मन्तव्य पेश गर्नें , मिति २०७९/०३/२० देखि २०७९/०८/२३ सम्मकोलागी वर्तमान सञ्चालक समितिले गरेको कामकाज अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ।
त्यस्तै विशेष साधारणसभाले कम्पनीको संस्थापक शेयरधनी समुह "क" बाट सञ्चालक पद ३ र सर्व साधारण शेयरधनी समुह "ख" बाट सञ्चालक पद ३ को निर्वाचन गर्ने छ। निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन सूचना पाटीमा प्रकाशित गरे बमोजिम हुने कम्पनीले जनाएको छ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।