बाराही हाइड्रोपावरको आईपिओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 09:03:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ  । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बुधबार शेयर बाँडफाँड गरेको हो  ।

आईपिओ बाँडफाँडको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ  । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५  गतेसम्म आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिक्रि खुला गरेको थियो ।

कम्पनीले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको सबै वडाका स्थानीयलाई आईपिओ निष्काशन गरेको हो । जस मध्ये वडा नम्बर १, ४, र ५ बढी प्रभावित रहेका छन् । कम्पनीले यी स्थानका स्थानीयलाई प्रति शेयर १०० अंकित दरका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।   

आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओ बाँडफाँडपछि अब कम्पनीले आम सर्बसाधारणलाई ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशनपछि कपनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved