पुँजीबजारबारे नेताहरुबाट अनावश्यक टिप्पणी हुने गरेको छ, यो प्रवृत्ति अन्त्य गराउँछु: ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 04:00:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् । ढकाल ३४ हजार १ सय ८९ मत सहित निर्वाचित भएका हुन् 

उनका निकटतम प्रतिस्पर्धी पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत पाए । त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मत पाए । 

यस सँगै शेयरबजारलाई कर्म थलो बनाई शेयरबजारको सुधार तथा विस्तारको लागि विभिन्न दबाबमुलक कार्यक्रम गरेका हरि ढकाल अब आफ्नै नीति निर्माण गर्ने तहमा पुगेका छन् । उनी आफ्नो निर्वाचन क्षेत्रको जनप्रतिनिधिको साथ साथै शेयर लगानीकर्ताहरुको पनि साझा प्रतिनिधिको रुपमा रहने छन् । 

यस अघिका नीति निर्माताले नीति बनाउँदा शेयर बजारलाई प्रत्यक्ष रुपमा नकरात्मक प्रभाव पार्ने नीति बनाउने गरेकोले अब त्यो अन्त्य हुने उनले बताएका छन् ।  सांसद, मन्त्री, प्रधानमन्त्री भईसकेका व्यक्तिहरुले पुँजीबजारको गहिराई र महत्व नबुझिकन पुँजीबजारबारे अनावश्यक टिप्पणी गर्ने गरेकोले अब यस्तो प्रवृत्ति अन्त्य हुने र अन्त्य गराउने उनले बताएका छन् । 

देशभर परिवर्तनको लहर चलेको, र युवा जागरण अभियान चलेकोले त्यसको उपलब्धि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले विजयी हाँसिल गर्न सफल भएको उनी बताउछन् ।  जित भएसँगै अब पार्टीले ल्याएको केन्द्रिय वाचापत्र, र स्थानीय वाचापत्रमा उल्लेख विषयहरु पुरा गर्नको लागि लाग्ने उनले बताएका छन् । युवा जागरण मार्फत जनतामा आशाको दोयो बलेकोले त्यो दियो कायम राखेर सबैदलसंग सहकार्य गरि हार्दिकताका साथ काम गर्ने उनले बताएका छन् ।  

त्यस्तै उनले देशमा बेथितिको चाङ रहेकोले त्यसलाई थितिमा बदल्ने र भ्रष्ट्राचारको अन्त्य गर्न लाग्ने उनले बताए। उनले पार्टीको प्राज्ञिक तथा विज्ञहरु सहितको टिमसँग काम गर्ने भएकोले यी काम सम्भव रहेको बताए ।  समग्रमा उनले पार्टी गरेका वाचा, र आफु उम्मेदवारको हिसाबले गरेका वाचा आफ्नो कार्यकाल भित्र नै पुरा गर्ने गरि काम गर्ने बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved