
एकसाथ ५ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कार्तिक २९ देखि मङ्सिर १ गतेसम्मको अवधिमा ५ वटा हाइड्रो पावर कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।
आईपिओ निष्काशन अनुमति पाउनेमा एशियन हाइड्रोपावर लिमिटेड, सुपरमाई हाइड्रोपावर लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, मायाखोला हाइड्रो र शुभम पावर रहेका छन् । शुभम पावर बाहेक सबै कम्पनीले सर्बसाधारणलाई र आयोजना प्रभावितको लागि शेयर निष्काशन गर्न लागेका हुन् । शुभम पावरले भने स्थानीयलाई ५ वर्ष अगाडी नै शेयर निष्काशन गरिसकेको छ । कम्पनीले अहिले सर्बसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।
एशियन हाइड्रोले ११ करोड ८० लाख बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
सुपरमाई हाइड्रोले १० करोड बराबरको १० लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
सुपर मादी हाइड्रोले ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
म्मयाखोला हाइड्रोले ३४ करोड बराबरको ३४ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
शुभम पावरले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।