लयमा फर्कंदै शेयरबजार : २ अर्ब बढीको कारोबार, लघुवित्त र फाइनान्समा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 03:14:30 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज  नेप्से सूचक ३२.४३ अंकले बढेर १९६५.९८ को बिन्दुमा  पुगेको छ ।

आज कारोबारमा आएका २३३ कम्पनीका ४२ लाख २३ हजार ८ सय ६७ कित्ता शेयर खरीद बिक्रिबाट २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ १४ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४५ करोड ४ लाखको कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ३ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल टेलिकमको ९ करोड ७९ लाखको कारोबार भएको हुँदा शिवम सिमेन्टको ८ करोड १८ लाखको कारोबार भएको छ । 

आज कारोबारमा आएका डिप्रोक्स लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्तको शेयर मूल्य ७.४३ प्रतिशतले बढेको छ । कुमारी बैंकको शेयर मूल्य ६.७७ प्रतिशतले बढ्दा ग्रिनलाइफ हाइड्रोको शेयर मूल्य ६.५७ प्रतिशत बढेको छ । आज सर्वाधिक गुमाउनेमा सामुहिक लगानी कोषका इकाई र ऋणपत्रहरु रहेका छन् । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये लघुवित्त समुह सर्वाधिक ३.०७ प्रतिशतले बढेको छ भने फाइनान्स समुह २.२३ प्रतिशत बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved