राष्ट्र बैंकले स्वीकृत गर्यो प्रभु बैंकको लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 10:39:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत  गरेको छ । राष्ट्र बैंकले हिजो सोमबार बैंकलाई लाभांश स्वीकृत गरेको पत्र पठाएको हो ।

प्रभु बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६. ५० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो। राष्ट्र बैंकले सोहि प्रस्ताव स्वीकृत गरेको हो ।

यस सँगै अब बैंकलाई साधारणसभा बोलाउने बाटो खुलेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ। 

बैंकले वितरण योग्य मुनाफा एक अर्व तीन करोड उनन्तीस लाख त्रिहत्तर हजार नौ सय बयान्नब्बे पैसा पचहत्तर रुपैयाँबाट बैंकको आ.व. २०७८ / ०७९ मा कायम चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाखको ६. ५० प्रतिशतले हुने रकम  बयासी करोड साठी लाख पैंसट्ठी हजार सात सय एकहत्तर रुपैयाँ बराबरको बोनस शेयर र १.५० प्रतिशतले हुने रकम उन्नाईस करोड छ लाख तीस हजार पाँच सय रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved