मेगा बैंकको लाभांशमा सामान्य परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 04:11:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकको लाभांश संशोधन भएको छ । बैंकले यस अघि प्रस्ताव गरेको नगद लाभांशमा सामान्य हेरफेर गरेको हो ।

बैंकले यस अघि ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो। अब भने बैंकले ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकबाट ३.७९ प्रतिशतले हुन आउने बराबरको मात्र नगद लाभांश मात्र बितरण गर्न स्वीकृति प्राप्त भएकोले नगद लाभांशको दर सामान्य घटाउनु परेको बैंकले उल्लेख गरेको छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

बैंकले भनेको छ 'उपरोक्त सम्बन्धमा मिति २०७९/०७/२९ गते बसेको संचालक समितिको ३७३औँ बैठकको निर्णय अनुसार बैंकको हाल कायम चुक्ता पुँजिको ४% ले हुन आउने रु. ६४,४८,१८,४५८।१३ ( अक्षेरुपी चौसठ्ठी करोड अड्चालीस लाख अठार हजार चार सय अन्ठाउन्न रुपैया तेह्र पैसा मात्र) वोनस शेयर लाभांश प्रस्ताव गरेकोमा सोही वमोजिम र ३.८३% हुन आउने रकम रु. ६१,७४,१३,६७३।६६ (अक्षेरुपी एकसठ्ठी करोड चौहत्तर लाख तेह्र हजार छ सय त्रिहत्तर रुपैया छैसठ्ठी पैसा मात्र) नगद लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्रबैंकवाट रु. ६१,०२,४३,२८०।६६(अक्षेरुपी एकसठ्ठी करोड दुई लाख त्रिचालीस हजार दुई सय असी रुपैया र छैसठ्ठी पैसा मात्र ) स्वीकृती भई आएको हुदा बैंकको वार्षिक साधारण सभाबाट पारित भए पश्चात् सोही वमोजिम वितरण गरीने व्यहोरा जानकारीको लागि अनुरोध छ।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved