आईसीएफसी फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 10:15:30 AM मा प्रकाशित

laxmi  sunrise bank

 आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७ सय ६० रुपैयाँ बराबरको नगद नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले कुल ११ करोड २७ लाख ११ हजार ५ सय २० रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार २ सय रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved