फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 10:05:53 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १९  प्रतिशत बोनस शेयर र १  प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५ सय ५६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९६ लाख ४४ हजार ९ सय २४ रुपैयाँ बराबरको नगद नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले कुल ११ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४  सय रुपैयाँ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved