एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 10:12:28 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले  लाभांश घोषणा गरेको छ। कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७८ /७९   को लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले कर सहित ५.२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९ सय ३५ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीलाई वितरण हुनेछ।  कम्पनीले पुस २० गतेको लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्न  निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved