राधी विद्युत कम्पनीले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 10:31:55 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनीले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मङ्सिर १६ गते शेयर बाँडफाँड गरिएको हो।

कम्पनीले कार्तिक २९ गतेदेखि मङ्सिर ८ गतेसम्म सर्बसाधारण समुहको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा ल्याएको थियो । लिलामीको शेयरको कट अफ मूल्य १९५ रुपैयाँ कायम भएको क्यापिटलले जनाएको छ । १९५ भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् । १९५ रुपैयाँमा कबुल गर्नेले सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर पाएका छन् । हकप्रदमा नपरेको पैसा मङ्सिर २० गतेदेखि लगानीकर्ता आवेदन गर्दा बुझाएको बैंक खातामा नै फिर्ता गरिने क्यापिटलले जनाएको छ । 

हकप्रद शेयर बाँडफाँड भएसँगै अब कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भई लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिने छ । 

कम्पनीले असोज ५ गतेदेखि असोज २५ गतेसम्म हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना शेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता शेयर बाँडफाँड गरिएको थियो ।  बिक्रि नभएको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा आएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved