मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 10:38:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले  आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश गरि कुल १३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तामा वितरण हुनेछ।

बैंकले  १२.३५ प्रतिशतका दरले हुने बोनश शेयर रकम रु.११,१५,७३,३६६।६७ (एघार करोड पन्ध्र लाख त्रिहत्तर हजार तीन सय छयसठ्ठी र पैसा सतसठ्ठी) र कर प्रयोजनको लागि ०.६५ प्रतिशतले हुने रकम रु.५८,७२,२८२।४६ (अन्ठाउन्न लाख बहत्तर हजार दुईसय बयासी र पैसा छयालिस) वितरण गर्ने प्रस्ताव गरेको हो।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved