विन नेपाल लघुवित्तले एफपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 06:08:24 PM मा प्रकाशित

laxmi  sunrise bank

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  साधारण शेयरको थप सार्वजनिक निष्काशन (एफपिओ ) निष्काशन गर्ने भएको छ  । कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ  ।

 लघुवित्तले प्रति शेयर अंकित मूल्य रु. १००÷– (अक्षेरेपी एक सय रुपैया मात्र) दरका ५१,२९३ (अक्षेरेपी एकाउन्न हजार दुई सय त्रियानब्बे मात्र) कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौतामा  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्तको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले हस्ताक्षर गरेका छन्।










नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


......................................................

प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved