श्रेष्ठको अध्यक्षतामा नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व, महासचिवमा रायमाझी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2022 | 03:45:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ  ।  संघको आज सम्पन्न १३औं वार्षिक साधारण सभाले  विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । श्रेष्ठ सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत हुन् । 

त्यस्तै संघको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापीटलका पारसमणि ढकाल, महासचिवमा एनआइसि एशिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट बैवैकिङका मनिष नारायण जोशी चयन भएका छन् ।

त्यस्तै संघको सदस्यहरुमा नागरिक लगानी कोषकानारायण प्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली र नेपाल लाइफ क्यापिटलका नविन बास्कोटा चयन भएका छन् । संघका निवर्तमान अध्यक्ष मेख बहादुर थापा नयाँ कार्यसमितिमा मानार्थ सदस्यको रुपमा रहेका छन्  । थापा  एनआइविएल एस क्यापिटलका प्रमुख कार्यकरी अधिकृत हुन्  ।

वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved