माया खोला हाइड्रोपावरको पहिलो चरणको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 08:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

माया खोला हाइड्रोपावर लिमिटेडले आज मङ्सिर २३ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आज मङ्सिर २३ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९  का स्थानीय,  धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४, ५, का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै प्रभवित क्षेत्रको रुपमा रहेका चैनपुर , धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गरेको हो ।   त्यस्तै २ लाख ४० हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन हुने छ 

स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा पुस ८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सकिने छ श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस ८ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् भने विदेशमा रहेका नेपालीले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले संखुवासभामा १४.९ मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved