चिलिमे जलविद्युत कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् ५ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 09:03:04 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले  पुस २२ गते नेपाल प्रज्ञा [प्रतिष्ठानमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१.सञ्चालक समितिको आ. व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात र आ.व. २०७८ / ०७९ को नाफा/ (नोक्सान) हिसाव, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन (सम्बद्ध अनुसूचीहरू समेत) उपर छलफल गरी पारित गर्ने वारे ।

३.आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने वारे ।

४. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व. २०७८ / ०७९ असार मसान्तको चुक्ता पूँजीको ७.५% ले हुन आउने रकम रू.५०,६३,८४,६०० / ६४ वरावरको नगद लाभांश (नियमानुसार सेयरधनीले तिर्नु पर्ने कर समेत) आ.व. २०७८/०७९ असार मसान्तको सञ्चित मुनाफाबाट बितरण गर्ने स्वीकृति बारे ।


५. विशेष प्रस्तावः
(क) कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने बारे ।

(ख) सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व. २०७८ / ०७९ असार मसान्तको चुक्ता पूँजीको ७.५% ले हुन आउने रकम रू.५०,६३,८४,६०० / ६४ वरावरको वोनश शेयर आ.व. २०७८ / ०७९ असार मसान्तको सञ्चित मुनाफाबाट बितरण गर्ने स्वीकृति बारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved