हकप्रद जारी गरेर पुँजी वृद्धि गर्दे विशाल ग्रुप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 09:31:22 AM मा प्रकाशित

laxmi  sunrise bank

विशाल ग्रुपले हकप्रद मार्फत पुँजी वृद्धि गर्ने भएको छ । हाल ५० करोड करोड चुक्ता पुँजी रहेको विशाल ग्रुपले ८२ प्रतिशतका दरले हुन आउने ४१ करोड बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ 

कम्पनीले ८२ प्रतिशतले हुन आउने ४१ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो । कम्पनीले पुस १४ गते थापाथली स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कार्य प्रगति तथा वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८ / ०७९ को लेखा परिक्षण प्रतिवेदन सहितको वासलातलाई पारित गर्ने, चालु आर्थिक वर्ष २०७९ / ०८० को लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् 

त्यस्तै संचालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको साविक चुक्ता पूँजीको ८२% का दरले हुने ४१,००,००० थान शेयर बराबरको हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने,  संचालक समितिले सिफारिस गरे बमोजिम हकप्रद शेयर जारी पश्चात कम्पनीको साविक प्रबन्धपत्रको दफा ६ को उपदफा (क), (ख), (ग), (घ) र (ङ) मा संशोधन तथा थप गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुने छन् ।

विशाल ग्रुपको बैंक वित्तीय संस्था, बीमा, कृषि, अटोमोबाइल्स, शिक्षा, उत्पादन, हस्पिटालिटि लगायतका क्षेत्रमा लगानी रहेको छ । ग्रुपको एनआईसी एसिया बैंक, निफ्रा, एलआईसी नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्शियल इन्स्योरेन्समा लगानी छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved