निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2022 | 08:10:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस १४ गते अन्तिम दिन रहेको छ ।  बैंकले मङ्सिर २९ गतेदेखि र्जा ऋणपत्र बिक्रि खुला गरेको छ

बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता उर्जा ऋणपत्र जारी गरेको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता व्यक्तिगत तबर अर्थात् प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि हुने छ भने बाँकि २० लाख कित्ता सर्बसाधारणहरुको लागि निष्काशन हुने छ । सर्बसाधारणलाई छुट्याईएको २० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले  ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते बैंकलाई उर्जा ऋणपत्र निष्काशन गर्नको लागि अनुमति प्रदान गरेको थियो ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत  पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकले उर्जा ऋणपत्र निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved