लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई हकप्रद निष्काशन गर्न प्राधिकरणको स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 12:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडलाई हकप्रद निष्काशनको लागि शैदान्तिक स्वीकृति दिएको छ । प्राधिकरणले पुस २१ गतेको पत्र मार्फत हकप्रद शेयर जारी गर्नको लागि शैदान्तिक स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले हकप्रद निष्काशन प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभा आह्वान गरिसकेको छ । कम्पनीले माघ ३ गते मंगलबार नक्सालको लिसरा रिसेप्सनमा विशेष साधारणसभा आह्वान गरेको हो ।

  कम्पनीको सभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गर्ने, हकप्रद पश्चात कम्पनीको पुँजी वृद्धि हुने भएकोले सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , र नियामक निकायबाट थप निर्देशन भई आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ ।

कम्पनीले  हाल कायम चुक्तापुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।  बीमा समितिबाट जीवन बीमा कम्पनीहरुले आफ्नो चुक्ता पूँजी  पाँच अर्ब कायम गर्नु पर्ने निर्देशन भएपछि हकप्रद निष्काशन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ  ।  कम्पनीले १९ औं वार्षिक साधारण शभाबाट कायम भएको चुक्ता पूँजी  दुई अर्ब पैसठ्ठी करोड बत्तिस लाखको ८८.४५१६८ प्रतिशत अर्थात १: ०.८८४५१६८ को अनुपातले हुने दुई अर्ब चौंतिस करोड अठ्सठ्ठी लाख बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो  । कम्पनीको हकप्रदलाई बीमा प्राधिकरणबाट शैदान्तिक स्वीकृति आउँन बाँकि छ। 

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि पुस २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २४ गतेसम्म कायम शेयरधनीले मात्र  कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

कम्पनीमा ५५ प्रतिशत लगानी रहेको भारतीय कम्पनी 'भारतीय जीवन बीमा निगम'ले यस अघि नै हकप्रदको लागि रकम लगानी गर्ने निर्णय गरिसकेको थियो।  भारतीय जीवन बीमा निगमको समितिको बैठकले नेपालमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा हकप्रदमा रुपमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । यो ८० करोड ६७ लाख भारु बराबर हो । 

हाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रहेको छ । यस कम्पनीमा भारतीय जीवन बीमा निगम'को ५५ प्रतिशत लगानी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved