एभरेष्ट बैंकको उर्जा ऋणपत्र आजदेखि बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 08:22:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले आज पुस २५ गतेदेखि र्जा ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले १ हजार अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता उर्जा ऋणपत्र निष्काशन गर्न लागेको हो 

२० लाख कित्ता मध्ये १२ लाख कित्ता व्यक्तिगत तबर अर्थात् प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि हुने छ भने बाँकि ८ लाख कित्ता सर्बसाधारणहरुको लागि निष्काशन हुने छ । सर्बसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ 

लगानीकर्ताले यस ऋणपत्रमा छिटोमा पुस २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुसै कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved