एभरेष्ट बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले पुस २५ गतेदेखि उर्जा ऋणपत्र निष्काशन गरेको हो । यस निष्काशनमा म्याद थप भएसँगै अब माघ ९ गतेसम्म आवेदन दिन सकिने छ ।
बैंकले १ हजार अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता उर्जा ऋणपत्र निष्काशन गरेको हो । २० लाख कित्ता मध्ये १२ लाख कित्ता व्यक्तिगत तबर अर्थात् प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि हुने छ भने बाँकि ८ लाख कित्ता सर्बसाधारणहरुको लागि निष्काशन हुने छ । सर्बसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।
१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुसै कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।