शिवम् सिमेन्ट्सको लाभांश पारित, गौरव गोयल बने नयाँ अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 10:49:59 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्स लिमिटेडले सातौं वािर्षक साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा भएको उक्त वार्षिक साधारणसभाले आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तिन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गरेको छ ।

उक्त सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना संचालकहरु निर्वाचित भएका छन् ।

नवनिर्वाचित संचालकहरुको बैठकले गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । 

साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिवसमेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तिको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।   

२०७९।०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि भएको छ । 

साधारणसभामा कम्पनीमा आवद्ध रहि उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved