नेरुडे लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2023 | 10:24:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेरुडे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मागह २८ गते उद्योग संगठन मोरङको सभाहलमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र १.१५७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

 साधारण प्रस्तावहरु

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल गरि पारीत गर्ने ।

(२) आ.व. २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७८/७९ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण एवम् २०७९ आषाढ मसान्तको वासलात समेतको वित्तीय विवरणहरूउपर छलफल गरि पारीत गर्ने ।

(३) आ.ब. २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । ( वर्तमान लेखापरीक्षक श्री मुरलीधर तिवारी ( M Tiwari & Associates, Chartered Accountants) बाट लगातर तीन आर्थिक बर्षको लेखापरिक्षण भएकोले निज पुनः नियुक्तीको लागि ग्राह्य नरहनु भएको) ।

(४) संचालक समितिबाट सिफारिस भए बमोजिम चुक्ता पुँजी रु. ६० करोडको १.१५७९ प्रतिशतले हुने प्रस्तावित वोनश शेयरको कर प्रयोजनको लागि मात्र रु. ६,९४७,३६८।४२ ( उनान्सत्तरी लाख सड्चालिस हजार तीन सय अड्सट्ठी पैसा बयालिस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारित गर्ने ।

(५) सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको निर्वाचन गर्ने |


विशेष प्रस्तावहरु :

(१) वित्तीय संस्थाको जारी पुँजी र चुक्ता पुँजी बृद्धि गर्ने ।

(२) वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको केहि दफाहरु संशोधन गर्ने ।

(३) संचालक समितिबाट सिफारिस भए बमोजिम २०७९ आषाढ मसान्तमा कायम चुक्ता पूँजी रु.६००,०००,०००/- (अक्षरेपी साठी करोड मात्र ) को २२ प्रतिशतले हुने रकम रु.१३२,०००,०००/- (तेह्र करोड बिस लाख मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारीत गर्ने ।

(४) यस वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

(५) यस वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा निर्देशन भए बमोजिम थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved