मिर्मिरे लघुवित्तको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2023 | 06:32:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ बार्षिक साधारण शभा सम्पन्न भएको छ । कम्पनीले भक्तपुरको घलातें स्थित यो यो ब्यान्क्वेटमा सभा गरेको हो । 

साधारणले  गत आर्थिक बर्ष २०७८/०७९ को  २३ प्रतिशत बोनस शेयर सहित संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन २०७८/०७९ साधारण शभाले  पारित गरेको छ । 

देशभर १५२ वटा शाखा संजाल मार्फत सेवा प्रवाह गरिरहेको मिर्मिरे लघुवित्तको २०७९ अषाढ मसान्तमा  चुक्ता पुंजी ५२ करोड २० लाख रहेकोमा चालुआर्थिक आर्थिक बर्ष २०७९/०८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक्विजिसन/प्राप्ति गरि चुक्ता पुंजीमा ९१ लाख २० हजारको  बढोत्तरी भै ५३ करोड १२ लाख भएकोमा हालको बोनस प्रदान गर्दा वित्तीय संस्थाको चुक्ता पुंजी ६५  करोड ३३ लाख कायम रहने छ । वित्तीय संस्थाले हाल यस अघि नै ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गरिसकेको छ ।

२०७९ अषाढ मसान्त सम्ममा निक्षेप  २ अर्ब ७४ करोड, लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८३ करोड, खुद मुनाफा १५ करोड ७४ लाख रहेको छ । एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा २०७९ पौष ११ गते मिर्मिरे लघुवित्त र बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुड़े लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्न भै सकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved