अपि पावर कम्पनीले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2023 | 10:06:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ।  कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल विद्यमान रहेको चुक्ता पूँजी तीन अर्ब चौरासी करोड उनन्पचास लाख पन्ध्र हजार पाच साय छयालिस रुपैयामा ७.५ प्रतिशत बोनश शेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी  चार अर्ब तेऱ्ह करोड बत्तीस लाख चौरासी हजार दुई सय एघार रुपैया उनान्सत्तरी पैसा  को १ : ०४० को अनुपातमा रु. १०० अंकित दरका १६५३३१३७ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो  ।

 कम्पनीले संचालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ  ।  नियमनकारी निकाय विद्युत नियमन आयोगले पूर्व स्वीकृति दिएपछि र आगामी बस्ने कम्पनीको आ.व. २०७८ / ०७९ को १९औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद शेयर निष्काशन तथा बिक्रि गरिने कम्पनीले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved