३८.५३ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा, ईपीएस २५.१८ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 08:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७९/८० को दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.५३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको खुद नाफा १४ करोड ४४ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १० करोड ४४ लाख रहेको थियो ।

यस अवधिमा कम्पनीको ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ३८.६८ प्रतिशतले बढेर २० करोड ६४ लाख पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड रहेको छ । कम्पनीले लिएको सापटी ८ अर्ब ७३ करोड रहेको छ भने १० अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको सापटी र कर्जा प्रवाह क्रमश ७.६७ प्रतिशत र २.८९ प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ १८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ । कम्पनीको खराब कर्जा ०.१७ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved