युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 08:53:33 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २६ गते भैरवहा टाइगर प्यालेस रिसोर्टमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको  ८.९७ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव 

१. संचालक समितिको आ.व. २०७७/७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. आ.व. २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा / नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान ( NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. लेखापरीक्षण उपसमितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा  ।

विशेष प्रस्ताव :

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूंजी २,१५,००,००,०००/- मा ८.९७ प्रतिशतको दरले बोनश शेयर प्रदान गर्ने प्रस्ताव पारित गर्ने। बोनश शेयर जारी गरेपश्चात् जारी तथा चुक्ता पूँजीमा हुने बृद्धिलाई समावेश गरी प्रबन्धपत्र शंसोधन गर्न स्वीकृती प्रदान गर्ने । बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव पारित गर्ने ।

२. कम्पनीको हालको शेयर संरचना बमोजिम कायम रहेको चुक्ता पूंजी अनुरुप संस्थापक समूह तर्फ ७० प्रतिशत र सर्वसाधारण समूह तर्फ ३० प्रतिशत हिस्सा रहेकोमा संस्थापक समूह तर्फको ७० प्रतिशत शेयर मध्ये १९ प्रतिशत शेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ : ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्ने ।

३. यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र (MOU), कम्पनीको शेयर कारोवार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्यांकन कार्य (DDA) गर्न लेखापरीक्षक / परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।

४. सञ्चालक समिति तथा उपसमितिको बैठक भत्ता बृद्धि गर्ने सम्बन्धमा ।

५. प्रबन्धपत्र नियमावलीमा भएको संसोधनमा सम्बन्धित नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जन गर्नको लागि सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरवदल, संसोधन एवं परिमार्जन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

६. कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०७७/७८ मा भएको खर्चको अनुमोदन गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved