२ आर्थिक वर्षको साधारणसभा गर्दै शिखर इन्स्योरेन्स, लाभांश पाउँन कहिलेसम्म बन्ने शेयरधनी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 09:11:58 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सले एकसाथ दुई वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २५ गते आफ्नै केन्द्रीय कार्यालयमा आर्थिक वर्ष ७७/७८ र ७८/७९ को साधारणसभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १७ गतेदेखि माघ २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव :

१. आ.व.२०७७।७८ तथा आ.व. २०७८/७९ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने बारे ।

२. आ.व. २०७७/७८ र आ.व. २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सो लाई पारित गर्ने बारे ।

३. आ.व.२०७९।८० का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने बारे । आ.व. २०७८ ७९ को लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने बारे ।

४. संचालक समितिबाट प्रस्ताव गरिएको २०७९ आषाढ मसान्त सम्म कायम शेयर पुँजीमा ०.८४२१ प्रतिशतका दरले नगद लाभांश रु.१९, २५१,०९० ( रु. एक करोड बयानब्बे लाख एकाउन्न हजार नब्बे मात्र) पारित गर्ने बारे (प्रस्तावित वोनस शेयरको कर प्रायोजनार्थ)

५. कम्पनीको स्वतन्त्र संचालकको नियुक्ति बारेमा बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी गर्ने बारे ।

६. कम्पनीको संचालक समितिका सदस्यहरु तथा अन्य समिति / उपसमितिका सदस्यहरुले प्राप्त गर्ने भत्ता तथा सुविधा परिमार्जन गर्ने बारे ।

७. विविध

विशेष प्रस्ताव: 

१. सञ्चालक समितिबाट प्रस्ताव गरिएको २०७९ आषाढ मसान्त सम्म कायम शेयर पुँजीमा १६ प्रतिशतका दरले रु.३६५,७७२,९९२ (छत्तीस करोड सन्ताउन्न लाख बहत्तर हजार नौ सय बयानब्बे मात्र) को बोनस शेयर पारित गर्ने बारे । (बोनस शेयर बितरण गर्दा खण्डित शेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व (पुँजी प्रतिशत) कायम राख्ने गरी जारी पुँजी तथा चुक्ता पुँजी संसोधन गर्ने । यसरी शेयर संख्या थपघट गर्ने अधिकार संचालक समितिलाई दिने बारे ।)

२. कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने बारे ।

३. कम्पनीको नियमावलीको नियम १२ (ख), संचालकहरुको नियुक्ति सम्बन्धि नियमलाई संशोधन गर्ने बारे । (संस्थापक शेयरधनीहरुबाट नियुक्त हुने ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट नियुक्त हुने २ जना र स्वतन्त्र संचालक १ जना गरी जम्मा ७ जना संचालक नियुक्त हुने सम्बन्धि नियमलाई संसोधन गरी संस्थापक शेयरधनीहरुबाट नियुक्त हुने ३ जना, सर्वसाधारण शेयरधनीहरुबाट नियुक्त हुने ३ जना र स्वतन्त्र संचालक १ जना गरी जम्मा ७ जना संचालक नियुक्त हुने गरी नियम १२ (ख) संसोधन गर्ने ) ।

४. नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमक गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका बमोजिम यस कम्पनी र अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारी पत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पुर्ण चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने लागायत मर्ज (गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने) हुन आवश्यक सम्पुर्ण प्रक्रिया अवलम्बन गर्न संचालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने बारे ।

५. प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बारे । संसोधित प्रवन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने बारे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved