मर्जरपछि सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सुचिकृत, ३६७.५० रुपैयाँमा पहिलो कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 04:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भए पश्चात नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्स  नाममा शेयर सुचिकृत भएको छ। नेप्सेमा आज सानिमा जिआईसी इन्स्योरेन्सको २ करोड कित्ता शेयर  सुचिकृत भएको हो 

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स  १:१ को स्वाप रेसियो अनुसार मर्ज भई सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गरेका हुन् । साविकको सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता र साविकको जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर गरि सानिमा जीआईसी इन्स्योरेन्सको नाममा कुल २ करोड कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै नेप्सेमा आइतबार देखि कम्पनीको शेयर कारोबार सुचारु हुने छ । साधारण शेयर SGIC सिम्बलबाट कारोबार हुने छ । नेप्सेले साधारण शेयरको पहिलो कारोबारको लागि ३६७.५० रुपैयाँको सुरुवाती रेन्ज तोकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved