तारागाउँ रिजेन्सी होटल्सको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2023 | 09:09:52 AM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ३ गते नेपाल पर्यटन बोर्डमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. १,८८,६६,५४,०००/- को ८.४२% ( लाभांश कर सहित) ले हुने रकम रु. १५,८८,७६,१२६ । - नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १८ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१) आर्थिक वर्ष २०७८ / ०७९ (२०२१ / २०२२) को सञ्चालक समितिको २६औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७८ / ०७९ (२०२१ / २०२२) को वित्तिय विवरणहरु- वासलात, नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण र लेखा टिप्पणीहरु स्वीकृत गर्ने ।

३) आ.व. २०७९ / ०८० (२०२२ / २०२३) को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) समूह "क" तारागाउँ विकास समितिबाट सोही समितिको पत्र बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक श्री सुरेश राज जोशीको नियुक्ती, समूह "ख" बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक श्री अरुण कुमार सराफ, श्री सुरेश लाल श्रेष्ठ र श्री देवेश सराफको पुनः नियुक्ती र कम्पनी ऐन, २०६३ को दफा ८६ (३) बमोजिम स्वतन्त्र सञ्चालकहरुमा श्री श्रीवत्स शम्शेर ज.व.राणा र श्री मनोज प्रसाद राजभण्डारी ज्यूको पुनः नियुक्तीलाई अनुमोदन गर्ने ।

(५) कम्पनीको मिति २०७९ / ०९ / २६ गते (तदानुसार १० जनवरी, २०२३) बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम कम्पनीका सम्पूर्ण शेयरधनी महानुभावहरुलाई चुक्ता पूँजीको ८.४२% (लाभांश कर समेत) नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved