आईएमई जनरल इन्स्योरेन्सको साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 09:02:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्सले आज माघ ९ गते साधारणसभा गर्दै छ । कम्पनीले लाजिम्पाटको होटेल ले हिमालयमा बिहान ११ बजे साधारणसभा गर्न लागेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि आवश्यक नगद बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ देखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्तावहरु :
(१) सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूद्धारा पेश हुने कम्पनीको आ.ब. २०७८।०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) आ.व. २०७८/०७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।

(३) आ.ब.२०७९/०८० को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने ।

(४) संचालक समितिबाट प्रस्ताव भए वमोजिमको रकम रू. ५३,७३,६३६.०६ / - (अक्षरेपी त्रिपन्न लाख त्रिहत्तर हजार छ सय छत्तिस र पैसा छ मात्र) नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) स्वीकृत गर्ने ।

 विशेष प्रस्तावहरु:

(१) संचालक समितिबाट प्रस्ताव भई नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजी रू. १,७०,१६,५१, ४२०/- (अक्षरेपी एक अरब सत्तरी करोड सोह्र लाख एकाउन्न हजार चार सय बीस रूपैया मात्र) को ६ (छ) प्रतिशतका दरले बोनस शेयर जारी गर्ने ।

(२) बोनस शेयर पश्चात कायम हुने कम्पनिको चुक्ता पूजी बमोजिम कम्पनिको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे ।

(४) नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा ऐन, २०७९ अनुसार कम्पनीको प्रबन्धपत्र र नियमाबलीमा समय सापेक्ष रुपमा संशोधन गर्ने ।

(५) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved