१३.७१ अंकले नेप्से घट्दा ३ अर्ब ८६ करोडको कारोबार, बैंकिङ समुहमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 03:24:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १३.७१ अंकले घटेर २१६५.१० को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २५७ कम्पनीका १ करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९ सय ७३ रुपैयाँ ६९ पैसाको कारोबार भएको छ । जस मध्ये कुमारी बैंकको सर्वाधिक २७ करोड ४८ लाख, एनआईसी एसिया बैंकको १२ करोड ७५ लाख, रिडी पावरको ११ करोड ३३ लाख, अपि पावरको ११ करोड १३ लाख, तथा एभरेष्ट बैंकको १० करोड ३ लाखको कारोबार भएको छ 

आज आदर्श लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने  सानिमा जीआईसी इन्स्योरेन्स र कुमारी बैंकको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ९.९८ प्रतिशत बढेको छ भने समृद्धि फाइनान्सको शेयर मूल्य ९.९७ प्रतिशत बढेको  छ 

आज हिमालयन हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ७.७९ प्रतिशत घटेको छ भने ल्बर्ती इनर्जीको शेयर मूल्य ७.१९ प्रतिशत घटेको छ । त्यस्तै सिंगटी हाइड्रोको शेयर मूल्य ६.३४ प्रतिशत, गरिन भेन्चर्सको शेयर ५.९४ तथा बलेफी हाइड्रोको शेयर मूल्य ५.६५ प्रतिशत बढेको छ । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । बैंकिंग सूचक १.०८ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड समुह ०.६६ प्रतिशत बढेको छ । आज हाइड्रोसमुह सर्वाधिक २.४२ प्रतिशत, होटेल तथा टुरिजम समुह २.४१ प्रतिशत, त्तहा विकास बक समुह २.३३ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये १६६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४१ कम्पनीको मात्र मूल्य बढेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved