आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न, ११ तले भवन बनेपछि ५ करोड आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 05:58:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज माघ ९ गते सोमबार होटल लि हिमालय, लाजिम्पाटमा कम्पनीले साधारणसभा सम्पन्न गरेको हो।

साधारणसभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए । सभालाई अध्यक्ष ढकालले समीक्षा बर्ष देखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए ।

अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा बर्षमा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए । 

त्यसै गरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए । 

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन्।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक , लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशन बमोजिम अगाडी बढिरहेको समेत सभालाई जानकारी गराएक छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved