ऋणपत्र निष्काशन गरेर २ अर्ब ४० करोड रुपैयाँ संकलन गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 06:13:15 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्काशन गर्ने २ अर्ब ४० करोड रुपैयाँ संकलन गर्ने भएको छ । बैंकले १ हजार अंकित दरका २४ लाख कित्ता ऋणपत्र निष्काशन गर्नको लागि नियामक निकायबाट अनुमति पाएको हो ।

२४ लाख कित्ता मध्ये १४ लाख ४० हजार कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि ९ लाख ६० हजार कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने छ । ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने छ  ।

बैंकले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  ।  बैंकले ऋणपत्र निष्काशन गर्ने मिति भने सार्वजनिक गरिसकेको छैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved