सर्बसाधारणलाई शुभम पावरको आईपिओ माघ १८ बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 08:45:21 AM मा प्रकाशित

laxmi  sunrise bank

शुभम पावर लिमिटेडले माघ १८ गतेबाट सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर,  कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याएर बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो 

यस निष्काशनमा माघ २२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ।  शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरिसकेको छ  ।  कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ५ वर्ष अगाडी नै आईपिओ निष्काशन गरिसकेको छ

कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved