माघ ५ को शेयर राफसाफ आज हुँदै, शेयर ट्रान्सफर पनि प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 08:59:11 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर राफसाफको जिम्मा पाएको सिडीएस एण्ड क्लियारिङको प्रणालीमा समस्या आउँदा शेयर राफसाफ कार्य प्रभावित भएको छ। प्रणालीमा समस्या आएपछि माघ ५ गते भएको शेयर कारोबारको राफसाफ आज माघ १० गते मात्र हुने भएको छ 

सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले सिस्टममा प्रविधिक समस्या देखिएकोले माघ ५ गतेको सेटलमेन्ट आज माघ १० मा हुने बताए । उनले यसबारे मेरोशेयरको ड्यासबोर्डमा सूचना राखेर लगानीकर्तालाई जानकारी दिएको पनि बताए 

सिस्टममा समस्या आउँदा माघ ५ अगाडीको शेयर पनि डिम्याट खातामा आएको छैन । ब्रोकरले माघ ९ गते पठाएको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छैन । ब्रोकरहरुले शेयर ट्रान्सफर भइसकेको र मेरोशेयरमा देखिएको समस्या हुना साथ पठाएको शेयर मेरोशेयरमा देखिने बताएका छन् 

कतिपय शेयर लगानीकर्ताले बिक्रि गरेको शेयर पनि ईडिआईएस नभएको गुनासो गरेका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved