सनराइज क्यापिटलको १ अर्ब २० करोडको फोकस्ड इक्विटी फण्ड आजदेखि बिक्रिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 09:12:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले आज माघ १० गतेबाट सनराइज फोकस्ड इक्विटी फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरुको बिक्रि खुला गरेको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड ८० लाख इकाई कोष प्रबर्दक सनराइज बैंकलाई छुट्याईएको छ । बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ ।  छिटोमा माघ १३ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा माघ २४ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।  

हाल सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved