एशियन हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसले कति कित्ता पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 09:22:02 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले मंगलबार शेयर बाँडफाँड गरेको हो । 

कम्पनीले  इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ४० हजार कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ८४ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।  आईपिओको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ । 

क्यापिटलका अनुसार आयोजना अति प्रभावित क्षेत्र अन्तर्गत २५० कित्तासम्म माग गर्ने १२७० जना स्थानीयले २५० कित्ता शेयर नै पाएका छन् । ३०० देखि २५०० कित्तासम्मको लागि आवेदन दिने १११ जनाले २८० कित्ता शेयर पाएका छन् । २८० कित्ता शेयर पाएका १११ जना मध्ये गोलाप्रथा बाट ३ जनाले १० कित्ता शेयर पाएका छन् । 

आयोजना प्रभावित क्षेत्र अन्तर्गत १० देखि ३० कित्तासम्म आवेदन दिने २३८३ जनाले माग बमोजिम कै शेयर पाएका छन् । ४० देखि ६ हजार कित्तासम्म आवेदन दिने ४३६८ जनाले ३० कित्ता शेयर पाएका छन् । ३० कित्ता शेयर पाएका ४३६८ जना मध्ये गोलाप्रथाबाट २२३६ जनाले थप १० कित्ता शेयर पाएका छन् । विदेशमा रहेका नेपाली श्रमिक तर्फ ८५९२ जना योग्य रहेकोमा ८ हजार ४ सय जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् । 

क्यापिटलले आईपिओममा नपरेको पैसा लगानीकर्ताले आवेदन दिंदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ । बैंक मर्ज भएर खाता नम्बर परिवार्तान्भाएको भए त्यसको जानकारी दिन समेत क्यापिटलले जनाएको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएसँगै अब कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved