प्राइभेट इक्विटी एसोसिएसनको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा सिद्धान्तराज पाण्डे चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 05:10:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्राइभेट इक्विटी एसोसिएसनले आज संघ परिसर सानेपामा आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले बिजनेश अक्सिजन (बीओ२) बाट सिद्धान्तराज पाण्डे, ग्लोबल इक्विटी फण्डका तर्फबाट डा मनिष थापा, प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली, डोल्मा इम्प्याक्ट फण्डका तर्फबाट विद्यावारिधि सिग्देल र टु नर्थ एसोसिएट्सका तर्फबाट निधान श्रेष्ठ सहितको पाँच सदस्य सञ्चालक समिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले सिद्धान्तराज पाण्डेलाई संघको नयाँ अध्यक्षमा निर्वाचित गरेको छ । सदस्यहरूले निवर्तमान अध्यक्ष सुमन जोशीको योगदानका लागि धन्यवाद ज्ञापन दिँदै उनलाई बोर्डको सल्लाहकारमा नियुक्त गरेका छन्।

नेपाल प्राइभेट इक्विटी एसोसिएसन (NPEA ) राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी कोष प्रबन्धक हरूको एक संघ हो । सबै सदस्यहरू नेपालमा साना तथा मझौला उद्योगहरूमा वित्तको पहुँचलाई प्रवर्द्धन गरेर नवप्रवर्तन, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved