बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 08:45:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ५ गते साधारणसभा आह्वान गरेको हो । कम्पनीले एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा गर्न लागेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१. सञ्चालक समितिको आ.ब. २०७७/०७८ तथा २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्त तथा २०७९ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्त तथा २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने ।

३. आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक नियुक्तिगर्ने र निजको पारिश्रमिक तोक्ने ।

४. सर्बसाधारण शेयरधनीहरु (समूह ख) बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने सम्बन्धमा ।

५. स्वतन्त्र संचालक नियुक्त गर्ने सम्बन्धमा ।


 विशेष प्रस्ताबहरु :

१. कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग लाई अनुमोदन गर्ने सम्बन्धमा ।
२. कम्पनीले आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved