पुँजीबजार सचेतना अभिवृद्धि गर्ने उदेश्यले ब्रोकर संघले बनायो 'समय' नामक छोटो चलचित्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 07:10:28 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर ब्रोकरहरुको संगठन स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले शेयर बजार सम्बन्धि छोटो चलचित्र तयार पारेको छ । संघले 'समय' नामक ५१ मिनेट १६ सेकेण्डको छोटो चलचित्र तयार पारको हो ।

लगानीकर्ता शिक्षा तथा सचेतनानै एक दिगो पुँजीबजारको आधार हो भन्ने मान्यता राखि आम लगानिकर्ताहरुमा वित्तीय साक्षरता तथा पुँजीबजार सम्बन्धि सचेतना अभिबृद्धि गर्ने उद्देश्यले समय भन्ने छोटो चलचित्र निर्माण गरिएको संघले जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चलचित्र निर्माण गरिएको संघले उल्लेख गरेको छ ।

यस चलचित्रको लेखन तथा निर्देशन रजिन महर्जनले गरेका हुन् । चलचित्रको कलकारहरुमा कुन्दन थारु, विक्रम श्रेष्ठ, आयान खड्का, सुबाश प्रसाद गजुरेल, सपना चौहदरी, विकास जोशी, शरोन कटुवाल, कुशल पाण्डे, शाक्षी लम्साल लगायत रहेका छन् ।

चलचित्र आज बिहिबार युट्युब मार्फत सार्वजनिक गरिएको हो।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved