मर्जर सम्झौता गरेको विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन मिति तय, कसलाई कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2023 | 09:02:06 AM मा प्रकाशित

laxmi  sunrise bank

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने मिति तय गरेको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । यस निष्काशनमा फागुन ८  गतेसम्म आवेदन दिन सकिने छ । 

त्यस्तै आम सर्बसाधारणलाई कम्पनीले फागुन १८ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । यस निष्काशनमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ ।  दुवै निष्काशनमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  

कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ९  हजार ७ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै १५ सय कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ ।  ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको ८०  हजार ९ सय ५० कित्ता शेयरको लागि आम सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  यसरी कम्पनीले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।.

नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ । लघुवित्तले सामुदायिक लघुवित्तसँग मर्जरको लागि सम्झौता गरिसकेको छ । आईपिओ निष्काशन गर्ने मर्जर प्रक्रियामा जाने तयारी कम्पनीले गरेको हो । 

 कम्पनीले आईपिओ निष्काशनको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।. कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved