सर्वसाधारणलाई सुपरमाई हाइड्रोपावरको आईपिओ माघ २३ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2023 | 09:12:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीका कर्मचारीलाई १० हजार कित्ता र आम सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सामुहिक लगानी कोष योजनाहरुलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  कम्पनीले  इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ५ लाख कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । त्यस्तै २५ हजार कित्ता शेयर सामुहिक लगानी कोष योजनालाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved